-->

''खण्ड , अखण्ड र उदण्ड प्रचण्ड ''

Share:
Bikas Sapkota Aveenash
Student, BBS 3rd Year
Visit at FB

सुन्दा उस्तै उस्तै लाग्ने यी शब्दहरु आपसमा यति फरक छन् कि तपाईँहरु कल्पना पनि गर्न सक्नु हुन्न । खण्ड र अखण्ड शब्दहरु आपसमा बिपरितार्थी छन्, यो त सबैलाई थाहा छ तर प्रचण्ड शब्दको अर्थ नेपाली परिवेशमा यति अपभ्रंश भएको छ कि अब नेपालीहरुलाई यसको वास्तविक अर्थ नै थाहा हुन छोडिसक्यो । आखिर के कारण हो त प्रचण्ड शब्द चर्चामा रहेर पनि मोर्चामा टिक्न नसक्नुको कारण ?
मेरो आधा पाउको बुद्धिले भ्याएसम्मको बिश्लेषण गर्दा लगभग केही बर्ष यता नेपालमा प्रचण्ड शब्दले चर्चा पाउन थालेको हो ।

 सुरुका अवश्थामा शाब्दिक भेदभाव को पतन र स्वतन्त्रको नारा संगै भित्रिएको यो शब्दले ठूलै दर्जा पायो । नयाँ शाब्दिक विश्लेषण , नयाँ सोच , बहुआयामिक बिचार धाराहरुबाट सुसज्जीत प्रचण्ड शब्द वाहवाहीका माध्यम बन्यो । त्यस समयमा प्रचण्ड शब्द आफैमा एक सत्यबादी , कर्मठ, संघर्षी जस्ता अर्थहरुले भरिपुर्ण हुन सफल भएको थियो । शाब्दिक परिवर्तनका लागी आयोजना हुने सेमिनार गोष्ठि र भाषणहरुमा प्रचण्ड शब्द तालीका साथमा स्वागत हुन्थ्यो ।
बद्लिदो समय र शब्दहरुका माग अनुरुपको शब्द विधायेक निर्माणको लागी सदन पुगेका अन्य बिभिन्न शब्दहरु पनि चर्चामा नआएका हैनन्, तर पनि तीनीहरु मेरो अनुसन्धान क्षेत्र बाहिर रहेकाले तीनीहरुको खासै चर्चा गर्न चाहिन ।

शाब्दिक बिधायेक निर्माण र शब्दहरुको जगेर्ना गर्ने उदेश्यले सर्बसम्मतिमा प्रचण्ड शब्दलाई मनोनित गरेर सदनमा पठाइयो । सत्ताको बागडोर आफ्नो कब्जामा परे लगत्तै प्रचण्ड शब्दमा अलिअलि गर्दै परिवर्तन देखा परेको हो । केही एक पक्षिय अडान र सद्भाव बिरोधी जस्तो भान गराउने 'शाब्दिक बिखण्डन' शब्द जब प्रचण्डमा जोडिएर आउन लागे, तब जनताले प्रचण्ड शब्दको अर्थ बुझ्दै गए    र प्रचण्डको अगाडि उदण्ड उपाधी थपिदिए ।    अब उदण्ड प्रचण्ड शब्द बिस्तारै नाम अनुसारको काम गर्न तिर तल्लीन भएर लाग्यो र आफुमा अरु उपाधी थपाउनको निमित्त उही संघियता अर्थात शब्दहरुबाट उपसर्ग र प्रत्यय छुट्याइनु पर्छ भनेजस्तो नारा निकालेर शब्दहरु बिचमै द्वन्द सिर्जना गराउन लाग्यो ।

उ ठूलो शब्दले त्यो सानो शब्दलाई माथि उठ्न दिएन भन्ने जस्ता कुरा सदनमा निकालेर शब्दहरु बिच जातिय र बर्गीय अन्तर ल्याउने काम गरे पछी त झन् प्रचण्ड शब्द चुलिएर शिखरमा पुग्यो । संस्कृत शब्दहरुले उचाइमा बसेर अन्य शब्दहरुमाथी दमन गरे भनेर प्रचण्ड शब्दका समर्थक शब्दहरुले भनिरहँदा त्रीपिटक बाट पनि शब्दहरु दमन अन्त्यको माग र पहिचान सहितको माग गर्दै आन्दोलनमा उत्रिए । त्यस्तै मुन्धुम , कुरान आदी र  अन्त्यमा आगन्तुक बाइबलले समेत समर्थन गरेर पहिचान सहितको शाव्दिक बिखण्डनको माग गर्यो । कहीँ संस्कृतलाई राष्ट्रिय लिपी बनाउनुपर्ने माग आयो त कतै सबै लिपीहरुलाई शब्द बिधायेकमा स्वतन्त्र अधिकार दिनुपर्ने ।

माथि सदनमा पुगेका प्रचण्ड जस्ता मनोनित शब्दहरुबाट उचित मार्गदर्शन नहुँदा हिन्दी, उर्दु  जस्ता बैदेशिक भाषाले पनि सजीलै सम्पुर्ण नेपाली लिपीहरुमा नै धावा बोल्न सक्ने सम्भावना तथा लक्षणहरु देखिन लागे । यस्तो अवश्थामा शव्दहरुको माग र उदण्ड प्रचण्डको समर्थकको अडानमा शव्दहरु बिचमा सात बिभाजन गरिए यी बिभाजन लिपीगत नभएपनि केही लिपीहरुले आफ्नै छुट्टै पहीचान बनाउनको निम्ती ती शब्दप्रदेश माथि कब्जा गरे , फेरि केही अन्य शब्दहरुको आडमा सुरु भयो नारा 'अखण्ड' को । बिखण्डनले शब्दहरुमा ल्याएको झन् ठूलो परिवर्तनले सबै शव्दहरुमा पहिचानको लागी द्वन्द सुरु भयो । यस द्वन्दमा कयौँ अक्षरहरुले विरगती प्राप्त गरे भने कयौँ मात्रामा अक्षरहरु क्षतबिक्षत भए । त्यसपछी अखण्डको नारा घन्काउने शब्दहरुको पनि ठूलै जमात देखियो । सदनमा पुगेका शब्दहरुका चलखेलमा स-साना अक्षरहरु घुमिरहे उफ्रिरहे र आफ्नो ज्यान आहुतिमा चढाइरहे ।

अझै पनि अक्षरहरु बिचमा सद्भाव र शब्दहरु बिचमा सहमतिको स्थिती सिर्जना भइसकेको छैन । अझै पनि प्रचण्ड शब्दका पर्यायहरु कति थिए कति छन् र कति हुनेछन् भन्ने निश्चित यकिन गर्न सकिने स्थिती छैन ।
प्रचण्ड शब्दलाई चर्चामा ल्याउने र निष्कृय बनाउने हैसियत राख्ने खण्ड र अखण्ड शब्द पनि प्रचण्ड शब्द संग जोडिएर आउनु नितान्त जरुरी ठान्दछु म  । प्रचण्ड शब्द बाट शब्दहरुले जति अपेक्षा गरे त्यति पाउन सकेनन्  न त प्रचण्ड शब्दले दिन नै सक्यो । आगामि दिनहरुमा शब्दको दुनियाँमा के कति चलखेल हुनेछ र अझै प्रचण्डका के के पर्याय होलान् त्यो त हेर्नै बाँकी छ ।।

No comments